बुधबार, भाद्र ३ गते २०८३
images

रास्ट्र बैंकद्वारा मौद्रिक नितिको पहिलो समिक्षा : तरलता संकट समाधान हुने अपेक्षा ।


  • 2.2K
    SHARES
  • मंसिर १०, २०७८ शुक्रबार

    नेपाल रास्ट्र बैंकले आज मंसिर १० गते शुक्रबार बहुप्रतीक्षित मौद्रिक नितिको पहिलो समिक्षा सार्बजनिक गरेको छ। मौद्रिक नितिमा चासोका साथ हेरिएको शेयरकर्जासम्बन्धी ४ करोड र १२ करोड सम्बन्धि नीति यथाबत राखिएको छ भने सिडि रेसियो सम्बन्धि ब्यवस्थामा केही परिवर्तन गरिएको छ। जसअनुसार सिडि रेसियो ९०% नै कायम गरिएतापनी संचालक समिती ले उचित कार्ययोजनना बनाई आर्थिक बर्ष को अन्त्यमा यो रेसियो कायम गर्नुपर्नेछ। जसबाट तत्काल तरलता को संकट समाधान हुने आशा राष्ट्र बैंकले लिएको छ। साथै मौद्रिक नितिले आयातमा झन कडाइ गरेको छ।
    यसैबिच मौद्रिक नितिको पहिलो समिक्षाबारे मिश्रित धारणाहरु आएका छन। नेपाल उद्योग परिसघ ले एक बिज्ञप्ती मार्फत मौद्रिक नितिले तरलता सम्बन्धि समस्या हल हुने बिश्वास व्यक्त गरेको छ। यता शेयरबजारका ठुला शेयरलगानिकर्ता हरुमध्येका एक दीपेन्द्र अग्रवालले फेसबुकमा स्टाटस लेख्दै शेयर कर्जा नीति ४ /१२ र सिडि रेसियो पुर्णरुमा नहटाएको मा निराशा व्यक्त गरेका छन। समग्र अर्थतन्त्र र शेयरबजारमा मौद्रिक नितिको समिक्षाले कस्तो प्रभाव पार्ने हो त्यो भने समयले देखाउला।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार