बुधबार, भाद्र ३ गते २०८३
images

सिभिल सहकारी पीडितको माईतिघरमा धर्ना : बचत फिर्ता र दोषीलाई कडा कारवाहीको माग।


  • 3.6K
    SHARES
  • मंसिर १६, २०७८ बिहीबार

    ईच्छाराम तामाङ द्वारा संचालित सिभिल सहकारी पीडितहरुले आज काठमाडौको माईतिघरमा धर्ना तथा प्रदर्शन गरेका छ्न। पीडित बचतकर्ताहरुले इच्छाराम तामाङ , उनकी श्रीमति सिर्जना शाक्य र हालका अध्यक्ष केशबलाल श्रेष्ठलगायत लाई कडा भन्दा कडा कार्वाही र बचत रकम फिर्ताको माग गरेका छन। उनिहरुले "ईच्छारामको पाराले दु:ख पाए साराले" , "गुन्डाराज बन्दगर", "जनतामारा सहकारी ऐन खारेज गर" जस्ता नारा लगाएका थिए। यसअघिनै प्रहरिको केन्द्रिय अनुसन्धान ब्यूरो (CIB ) ले इच्छाराम तामाङ सहित आरोपित अन्य सबै विरुद्ध आवश्यक अनुसन्धान गरि सरकारी वकिलसमक्ष प्रतिबेदन बुझाईसकेको छ। हालसम्म १ हजार ४ सय ८७ जनाले दिएको उजुरीअनुसार प्रहरीले अनुसन्धान गरि करिब ५ अर्ब ५९ करोड बराबर ठगी गरेको भन्दै ठगी रकम र सोहिबराबर को जरिवाना र दोषीलाई ८ बर्ष कैद माग गरिएको छ। आरोपितहरु मध्ये प्रहरिले तामाङ सहित १२ जनालाई पक्राउ गरेको छ भने केही फरार रहेका छन। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार