प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणा को राजीनामा को एकसुत्रिय माग राखेर बिगत ४० दिनदेखी सर्बोच्च अदालतमा बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरु र आन्दोलन गरिरहेका बकिलहरु आजदेखी नियमित इजलासमा फर्किएका छन। केही दिन अघि गोलाप्रथा द्वारा इजलास तोक्ने निर्णय प्रधानन्यायाधीश बाहेकका न्यायाधीश हरुले गरेका थिए। यहि विषयलाई आफ्नो जित भन्दै आजदेखी अदालती कामकारबाही सुचारु भएको हो। सर्बोच्च अदालतमा आजदेखी गोलाप्रथाद्वारा ईजलास तोक्ने परम्परा को सुरुवात भएको छ। यसैबीचमा प्रधानन्यायाधीश लाई जसरी हटाउनुपर्छ भनेर आन्दोलन, बेन्च बहिष्कार, महाअभियोग लगाउने पहल जस्ता दबाब दिने काम भए पनि सफल नभएपछी आज बाट अदालत सुचारु भएको हो।