सोमबार, भाद्र १ गते २०८३
images

नेपाली काङ्ग्रेस महाधिवेशन : पौडेल पक्षलाई सभापति को सकस।


  • 2.7K
    SHARES
  • मंसिर २१, २०७८ मंगलबार

    काठमाडौ , यहि मंसिर २७ गतेबाट सुरुहुने सत्तारूढ दल नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन को सरगर्मी सुरु भई सकेको छ। यसबिचमा ६ प्रदेशमा  भएका अधिबेसनले संस्थापन पक्ष उत्साहित देखिएको छ। संस्थापन पक्षबाट बर्तमान सभापति एबम प्रधानमन्त्री शेरबहादुर देउवा फेरि सभापति उठ्ने पक्कापक्की जस्त्तै छ । उनलाई बिमलेन्द्र निधि र गोपालमान श्रेष्ठले चुनौती दिए पनि देउबाको अगाडि श्रेष्ठको बोली सानो हुँदै गएको छ भने निधिलाई प्रदेश न २ मा नै देउबाले सत्ताको बलमा कमजोर बनाएको गाईगुई चल्न थालेको छ। यस्को अर्थ संस्थापन बाट देउबा निर्बिकल्प र बलियो उम्मेदवार बन्ने पक्का छ । उनलाई  कृष्ण प्रसाद सिटौलाको समेत साथ पाउने  सम्भावना प्रदेश अधिबेशन ले दिएको छ। देउवाले आफ्नो शक्ति बढाउदै जादा सस्थापन इतर समूह भने अलमलमा परेको छ। प्रदेश अधिबेशन को अनपेक्षित नतिजा र सभापति मा धेरै आकाक्षिको ब्यवस्थापन यो समुहको लागि टाउको दुखाई बनेको छ। यो समुहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री डा. शशांक कोईराला , गणेशमान पुत्र प्रकाशमान सिंह र शेखर कोइराला सभापति का दाबेदारहरु रहेका छन। प्रदेश अधिबेशन पछि यो समूह साझा उम्मेदवार छनौट गर्न नियमित छलफल मा त छ तर सहमती भने भएको छैन। हिजो पौडेल निवास बोहोराटारमा भएको छलफल फलदायी नभएपछी आज प्रकाशमान सिंह निवास चाक्सिबारिमा यो समुहको छलफल हुदैछ। आफू सभापति भए मात्र सहमती हुने अडानका बिच सुरु हुने छलफलबाट सभापतिको साझा उम्मेदवार छनौट गर्न कार्यकर्ताको व्यापक दबाब रहेको छ। यदि यो समुहबाट साझा सभापतिको उम्मेदवार छनोट हुन नसकेमा वा यो समुहबाट दुई वा सो भन्दा बढी उम्मेदवार खडा भएमा त्यसको फाईदा देउबाले लिने देखिन्छ। यो सकसबिच पौडेल पक्षले सहमति कायम गर्न सक्ला यो भने हेर्न बाकी छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार