नेपाली काङ्ग्रेसको १४औ महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा अत्यधिक मत प्राप्त गर्दै कुन्दन राज काफ्ले निर्वाचित भए का छ्न । केन्द्रीय समितिमा सबैभन्दा कान्छो सदस्यका रूपमा कुन्दन राज काफ्ले बिजयी भएका छन् । नेपाल बिद्यार्थी संगठनका पूर्व महामन्त्री काफ्ले जम्मा ३९ वर्ष मात्रै रहेका छन् । उनले खुल्ला केन्द्रीय सदस्यतर्फ २२७९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।