शनिबार, श्रावण ३० गते २०८३
images

हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु

  • 2.3K
    SHARES
  • फाल्गुण ११, २०७५ शनिबार

    महोत्तरी । महोत्तरीमा हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । लोहारपट्टी नगरपालिका वडा नं २ सुखैनियामा करेन्ट लागेर लोहरपट्टी नगरपालिका ३ रमदैया बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय राम ईश्वर यादवको मृत्यु भएको हो ।

    बिहीबार राति करेन्ट लागेर घाइते भएका उनीहरुको अञ्चल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको एसपी इश्वर कार्कीले जानकारी दिएका छन ।

    उनका अनुसार लोहारपट्टी नगरपालिका वडा नं। २ सुखैनियास्थित सकल मुखिया बिनको घरमा पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा उनीहरुलाई करेन्ट लागेको थियो ।

    टनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन ।

    हुकिङ गरेर बिजुली प्रयोग गर्नु गैरकानुनी मानिन्छ । तर, यही फागुन ८ गते कैलालीको धनगढीमा सरकारको नेतृत्वकर्ता दल नेकपाका कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा पनि बिजुली हुकिङ गरेर प्रयोग गरिएको थियो । त्यही कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार