शनिबार, श्रावण ३० गते २०८३
images

ब्लु क्रस अस्पतालमा डा.रंगीनाको नेतृत्वमा २० वर्षीय किशोरीको दूरबिनबाट पाठेघरको फाइब्रोइड ट्युमरको सफल शल्यक्रिया


  • 3.8K
    SHARES
  • माघ २९, २०७८ शनिबार

    काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा म्याग्दी जिल्ला घर भएकी २० वर्षीय प्रतिक्षा केसीको दूरबिन प्रविधिबाट युटेरस फाइब्रोइड ट्युमरको सफल शल्यक्रिया सम्पन्न भएको छ । ती युवतीको १० सेन्टिमिटर लामो युटेरस फाइब्रोइड ट्युमरको शल्यक्रिया सफल रुपमा गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा परीक्षणका क्रममा आउँदा उनको समस्याको पहिचान भएको थियो । स्त्री रोग विशेषज्ञ डा.रंगीना लाइकाङ्गबामको नेतृत्वमा शल्यक्रिया गरिएको हो । बिरामीको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज गरिसकेको अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार