सोमबार, भाद्र १ गते २०८३
images

१९५० को सन्धी धारा ८ ले नै रद्ध गरिसकेको छ। ग्रेटर नेपाल


  • 5.4K
    SHARES
  • फाल्गुण २०, २०७८ शुक्रबार

    सुगौली सन्धिमा नेपालले आजकै दिन अर्थात मार्च ४ मा हस्ताक्षर गरेको थियो । सुगौली सन्धि रद्द भएको चारवटा प्रमाण दिँदै आज ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फडिन्द्र नेपाल सहितको टोलिले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सुगौली सन्धिको लास बोकेर कहिलेसम्म हिँडिरहने ? सुगौली सन्धि त नेपाल बेलायतले गरेको १९५० को सन्धीको धारा ८ ले नै रद्ध गरिसकेको र यो कसरी अस्तित्वमा रहन सक्छ भनी किटानी गरिएको छ । सरकारकै अग्रसरतामा अबैध नक्सा ल्याउनु गलत भएको र नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशित गर्ने प्रकृया अगाडि बढाइयोस भनी बिशेष आग्रह गरिएको छ । 

    हरेक बर्ष प्रधानमन्त्रीलाई ज्ञापन बुझाए पनि आजका दिन सम्म ग्रेटर नेपालका बारेमा चुइक्क बोल्न र बिज्ञहरुसँग छलफल गर्ने तर्फ ध्यान दिएको देखिदैन ।

    Gretar Nepal.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार