बुधबार, भाद्र ३ गते २०८३
images

हाम्रा जितेका जनप्रतिनिधीले मन्दिरमा गएर भ्रष्टाचार नगर्ने संकल्प गर्नु पर्छ: राप्रपा अध्यक्ष लिङ्देन


  • 2.5K
    SHARES
  • फाल्गुण २८, २०७८ शनिबार

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुर्खेतको वीरेन्द्रनगर पिपल चौतारामा आयोजित राप्रपाको बृहद् आमसभामा एमसीसीमा राप्रपाको कुनै पनि भूमिका नहुने बताएका छन् । उनले एमसीसीको पक्ष या अब कार्यान्वयन गर्दाको कुनै पनि भूमिकामा नरहने बताए । उनले भने ११ बुँदे भनिएको व्याख्यात्मक टिप्पणी एउटा लाज छोप्ने टालो मात्र हो।  

    birendrnagar1.jpg 2.jpg
    उनले आगामी स्थानीय तहको निर्वाचनलाई आफ्नो पार्टिले शक्ति प्रदर्शन गर्ने माध्यमका रुपमा लिएको पनि बताए । ‘राप्रपाको शक्ति कति त्यो बेला नै थाहा हुनेछ। अहिले भ्रष्टाचारले स्थानीय तहसम्म आइसकेको र भ्रष्टाचाररहित स्थानीय तहको अपेक्ष्या गर्दै भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ र राप्रपाको भएको बताए। 

    12.jpg
    उनले राप्रपाले जितेका स्थानीयतह भिन्न मोडालिटीको हुने जनाए । ‘चुनावमा मत माग्दा उच्च शिक्षा निःशुल्क, सकेसम्म एक परिवार एक रोजगारको आधार र भ्रष्ट्राचाररहित स्थानीय तह बनाउनका लागि जितेका जनप्रतिनिधिहरूलाई सार्वजनिक मन्दिरहरूमा गएर भ्रष्टाचार नगर्ने संकल्प गराइने पनि बताए। 
     
    अध्यक्ष लिङ्देनले राजनीतिमा फरक संस्कार बसाल्न आफु लागि पर्ने बताए । राजनीति पेशा र ब्यवसाय नभएर सेवा र जनसेवा ठान्नेहरु मात्र
    राप्रपामा आउनुपर्ने र हुने बताए ।  

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार