मंगलबार, भाद्र २ गते २०८३
images

यसरी हुन्छन राप्रपाको स्थानीय निर्वाचनको उम्मेदवार, यस्तो बन्यो छनौट निर्देशिका


  • 1.5K
    SHARES
  • चैत्र २, २०७८ बुधबार

            राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटको सम्बन्धी मापदण्ड अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार पार्टीको केन्द्रीय पदाधिकारीहरुको बैठकले तय गरेको छ। बैठकमा महामन्त्री एवम निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गरेको स्थानीय तह निर्वाचन सम्बन्धी निर्देशिका २०७८ सर्बसम्मतीबाट पारित गरेको हो। उक्त निर्देशिका पारित भएसँगै आगामी निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड तय भएको प्रवक्ता श्रेष्ठले बताए ।  

          स्थानीय निर्वाचनका लागि केन्द्रीय तहमा र प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरिनेछ। सबै तहमा गठन हुने निर्वाचन परिचालन समितिको काम, कर्तव्य र अधिकार निर्धारण गरिएको श्रेष्ठले बातए।

          श्रेष्ठका अनुसार उमेदवार छनौट गर्दा सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको हुनुपर्ने मापदण्ड तय गरिएको छ। विगतमा भएका निर्वाचनमा पार्टी र पार्टीका उमेदवारका पक्षमा सक्रियतापूर्वक काम गरेको, पार्टीबाट सञ्चालित विभिन्न कार्यक्रम, अभियान र आन्दोलन लगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य थाहाराएको र सुशासनमा प्रतिवद्ध हुनुपर्ने पनि मापदण्डमा उल्लेख गरिएको छ।

            राप्रपाले उम्मेदवार हुन पार्टीको सक्रिय सदस्य नरहेको भएता पनि कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरि निर्वाचनमा उमेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिलाई निर्णय गर्ने अधिकार प्रदान गरेको छ।

             राप्रपाले वडा तहको उम्मेदवार सम्बन्धित जिल्ला अध्यक्षको अध्यक्षतामा गठित उम्मेदवार छनौट समितिले, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको निर्णय सम्बन्धित प्रदेश अध्यक्षको अध्यक्षतामा गठित उमेदवार छनौट समितिले र उपमहानगरपालिका, महानगरपालिकाका प्रमुख, उपप्रमुख केन्द्रले छनौट गर्ने निर्णय लिएको छ।

           त्यसैगरी स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय लिएको छ। राप्रपाले निर्वाचन इतर जनजागरण, आफ्नो टोलमा पुगौँ, घरदैलो अभियान र जनताको माझमा राप्रपा कार्यक्रम सञ्चालन गर्ने भएको छ। यही चैत २८ गते देशभरका सबै जिल्ला सदरमुकाममा एकैदिन जनताको माझमा राप्रपा भन्दै घरदैलो अभियानको शुरु गरिने प्रबक्ता एवम प्रचार बिभाग प्रमुख श्रेष्ठले बताए। 

         निर्वाचन  केन्द्रित कार्यक्रमहरु सञ्चालनका निम्ती जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट, विभिन्न अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाउने निर्णय गरेको छ। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार