बुधबार, भाद्र ३ गते २०८३
images

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका १९ सदस्यमा को को छन


  • 2.0K
    SHARES
  • आषाढ १७, २०७९ शुक्रबार

    टेलिभिजनका प्रखर प्रस्तोता लामिछानेले केही दिन अघि धुमधामका साथ नयाँ दल खोल्ने घोषणा गर्दै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए। आज उनको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले आज पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ।

    दल दर्ता पछि निर्वाचन आयोग परिसरमै बोल्दै उनले पार्टीको चुनाव चिह्न गोलाकार भित्रको घन्टी भएको जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले आफ्नो दलका २१ जना केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरे। पार्टीले जारी गरेको विज्ञप्तिअनुसार लामिछाने पार्टीका सभापति छन् भने डा. मुकुल ढकाल प्रवक्ता रहेका छन्। 

    अन्य १९ सदस्यहरूमा डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली, सोबिता गौतम, कुसुम महर्जन, विष्णु कुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभात अधिकारी, गीता रेग्मी, डा. राकेश यादव, प्रमिला कलुजु, रविना घिमिरे र एलिजा गुरुङ लगायत छन्।Rastriya Swatantra parti.jpg

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार