काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ। स्रोतका अनुसार मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले नेता गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो ११ बजे २ बजेसम्म पार्टी कार्यालय सानेपामा वहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि राख्न लागेको हो।
पार्टी कार्यालयको श्रद्धाञ्जलीपछि गिरिको शब आजै पशुपतिमा अन्त्येष्टि गरिने जानकारी स्रोतले दिएको हो ।
७५ वर्षीय गिरिको शनिबार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
क्यान्सरबाट पीडित गिरी भारतको मुम्बईबाट उपचार गराएर फर्किएका थिए । साउनको दोस्रो साता स्वास्थ्यमा समस्या भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।