अमेरिकाका १२ राज्यमा भारी हिमपात भएको छ । जसको कारण ति राज्य हरुमा सङ्कटकालीन कदमहरू चालिएको छ । त्यहा कम्तीमा ३१ जना मानिसहरूले ज्यान गुमाएका छन् भने माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। अमेरिकामा लगभग १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौँ उडानहरू रद्द भएका छन्। आँधी टेक्ससदेखि क्यानडाको कुबेकसम्म ३,२०० किलोमिटरभन्दा धेरै क्षेत्रमा फैलिएको बि बि सिले जनाएको छ ।