काठमाण्डौं - विश्वमा भईरहेको औधोगिकरणका कारण पृथ्वीमा परेको जलवायु परिवर्तनले व्यापक असर देखिन थालेपछी अमेरिकाले क्यालिफोर्नियामा हरितगृह ग्यासहरु सोस्ने प्लान्ट जडान गरेको छ। यो अमेरिकाको पहिलो व्यावसायिक प्लान्ट हो। जस्ले हावामा रहेका हरितगृह ग्यासहरु (कार्वनडाईअक्साईड) आफुरिर तानेर रिजर्भ गर्दछ र त्यसलाई ढुङ्गा जस्तो बनाई सिल गर्ने काम गर्दछ।
आकाशवाट कार्वन शोषेर प्रयोग गर्ने प्रविधिको व्यापक चर्चा भएता पनि व्यवसायीकरुपमा भने यो नै पहिलो प्लान्ट हो। हावाबाट कार्वनडाई अक्साईड निकाल्दा जलवायु परिवर्तनसँग जुध्न मद्धत मिल्छ। हिमालय क्षेत्रका हिम नदिहरु केही दशकदेखी अघिको तुलनामा तिब्र गतिमा पग्लिरहेका र अस्थिर हुँदै गई रहेका छन। जलवायु परिवर्तनको असर कम गर्नकालागी यस्ता प्लान्टले महत्वपूर्ण भुमिका खेल्ने देखिन्छ। तर यस्ता प्लान्ट धेरै महंगो पर्ने बताईएको छ। : द न्युयोर्क टाईम्स