बुधबार, भाद्र ३ गते २०८३
images

सात प्रदेश पूर्ण: को को बने मुख्यमन्त्री?


  • 1.6K
    SHARES
  • पौष २८, २०७९ बिहीबार

    गठबन्धन दलहरुको सहमती अनुसार सातै प्रदेशका सरकारहरु पूर्ण भईसकेका छन । जस अनुसार नेकपा एमालेबाट ४, नेकपा माओवादी केन्द्रबाट २ र जसपाबाट १ छन भने कतिपय प्रदेश सरकार पनि आधा आधा कार्यकाल चलाऊने सहमती भएका छन ।

    हिक्मत कार्की (प्रदेश १) 
    प्रदेश १ मा मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मत कार्की नियुक्त भएका हुन । विगतदेखि नै एमाले अध्यक्ष्य केपी ओली निकट नेता कार्की उनकै निर्देशनमा निर्वाचन क्षेत्र झापा ५ (१) बाट लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन । प्रदेश १ मा माओवादीले सभामुख र एमालेले उपसभामुख पाउने सहमति भएको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सहित कुल ६० सांसद सत्तापक्षमा रहेका छन् । प्रदेश १ को पहिलो मुख्य चुनौती नै प्रदेशको नामाकरण रहेको छ । Hikmat karki.webp

    सरोजकुमार यादव (मधेस प्रदेश)
    मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । १ सय ७ सदस्यीय मधेसमा एमालेका २३, जसपाका १६, जनमतका १३ र माओवादीका ९ सहित सत्तापक्षमा ६१ सांसद रहेका छन । केन्द्रको सहमती अनुसार मधेस प्रदेशमा सभामुख एमाले र उपसभामुख जनमत पार्टीले पाउने सहमति भएको थियो । बारा १ (२) बाट निर्वाचित यादव यसअघि पटकपटक कार्यकारी पदमा रहिसकेका छन् ।saroj K Yadav.jpg
     
    शालिकराम जमकट्टेल (वाग्मती प्रदेश) 
    धादिङ निर्वाचन क्षेत्र नम्बर १ (२)बाट निर्वाचित नेकपा माओवादी केन्द्रका शालिकराम जमकट्टेल वाग्मती प्रदेशको मुख्यमन्त्री भएका हुन् । एमालेबाट २७, माओवादीबाट २१ र राप्रपाबाट १३ जना सांसद रहेकाले गठबन्धनको पक्षमा सांसद संख्या ६१ रहेको छ । जमकट्टेल लग्भग ४२ महिना आन्तरिक मामिला तथा कानुनमन्त्री र १५ महिना आर्थिक मामिला तथा योजनामन्त्रीको रुप्मा प्रदेश सरकारको अनुभव सम्हाली सकेका छन ।salikram jamarkattel.gif
     
    खगराज अधिकारी (गण्डकी प्रदेश)
    गण्डकी प्रदेशमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री भईसकेका छन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सदस्य आवश्यक हुन्छ । गण्डकीमा गठबन्धनमा एमालेको २२, माओवादीको ८ र राप्रपाको २ गरी ३२ सांसद अधिकारीको पक्षमा छन् । अधिकारी एमाले अध्यक्ष ओलीका विश्वाश पात्र मानिन्छन । २ पटक संघीय सरकारको मन्त्री बनिसकेका उनी यसपटक गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका हुन् ।khagaraj adhikari.jpg

    लीला गिरी (लुम्बिनी प्रदेश)
    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । उनी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्तिका ४, जसपाका ३, जनमतका ३, लोसपाका ३ र स्वतन्त्र २ सहित सरकार पक्षको ५८ सांसद रहेका छन् । उनले प्रदेश सरकारमा रहदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाली सकेका छन ।lila giri.jpg

    राजकुमार शर्मा (कर्णाली प्रदेश)
    कर्णाली प्रदेशमा ४० सांसद मध्ये माओवादीबाट १३, एमालेबाट १०, राप्रपाबाट १ गरी सत्तापक्षमा २४ को समर्थनमा राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका हुन । उनी रुकुम पश्चिमबाट निर्वाचन क्षेत्र २ मा निर्वाचित भएका हुन । उनी प्रथम पटक प्रतिस्पर्धा गरी सम्सदमा  विजयी भएका हुन । केन्द्रको सहमती अनुसार उनको कार्यकाल भने २ बर्ष ६ महिनाकोको मात्र रहने छ ।raj kumar sharma.jpg
      
    राजेन्द्र रावल (सुदूरपश्चिम प्रदेश)
    सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्र रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी रुकुम पश्चिम (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीबाट ११, एमालेबाट १०, नागरिक उन्मुक्ति पार्टीबाट ७, जनमतबाट ४ र राप्रपाबाट १ गरी ३३ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका हुन । सुदूरपश्चिममा कांग्रेसले सरकार बनाउने प्रयास गरेतापनी भएपनि सफल हुन भने सकेन ।rajendra rawal.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार