माघ ७, काठमाडौं - आज प्रतिनिधिसभामा उपसभामुखका लागि भएको निर्वाचनमा गठबन्धनदलको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सँसद इन्दिरा राना मगर १६६ मतका साथ निर्वाचित भएकी हुन । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले संविधानले व्यवस्था गरेको भूमिकालाई सधैं इमान्दारिताका साथ निभाउने बताएकी छन् ।
सभामुख निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उपसभामुखले सभामुखसँग मिलेर काम गर्ने र संविधानले दिएको भूमिकालाई तटस्थताका साथ निभाउने बताइन् । पार्टीमा आफूलाई सबैले आमा भन्ने गरेको भन्दै उनले भनिन्, ‘आजबाट ठूलो परिवारमा भित्रिएको छु । संबिधानले दिएको भूमिकालाई तटस्थ र इमादारिताका साथ भूमिका निभाउँछु ।’ प्रतिनिधि सभाको अर्को बैठक यही माघ १० गते दिउसो १ बजेका लागि बोलाइएको छ ।