माघ १६, झापा - झापाका पोल्ट्री व्यवसायीले भारतीय कुखुराको अवैध आयात रोक्न माग गर्दै प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट गरी ज्ञापन पत्र बुझाएका छन । कोरोना महामारी हालको आर्थिक मन्दी र भारतीय कुखुराहरुको अवैध तवरले भईरहेको आयातले झापाका पोल्ट्री व्यवसायी धरायसी बनेको भन्दै पारीबाट आयात हुने अवैध कुखुराजन्य बस्तुहरु रोक्न माग गरेका हुन् ।
भारतबाट लुकीछिपी सस्तो मूल्यमा आयात गरी सस्तोमै जिउँदै कुखुरा, मासुको र अण्डाको आयातले स्वदेशी पोल्ट्री व्यवसाय सङ्कटग्रस्त भएकाले त्यसतो कार्यलाई कडाइका साथ रोक्नु पर्ने व्यवसायीको माग रहेको एक ब्यावसायीले बताए । झापा जिल्लामा दमक, विर्तामोड, भद्रपुर, कन्काइ नगरपालिका क्षेत्रमा ब्यापक मात्रामा कुखुरा पालन हुँदै आएका छन् ।