माघ २३, स्तानाबुल - टर्की र सिरियामा भूकम्पबाट प्रभावित क्षेत्रमै दिउँसो पुन दोस्रो ठुलो भूकम्प गएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त दोश्रो भूकम्पको शक्ति ७.५ म्याग्निट्युड मापन गरिएको छ । 
टर्कीमा मृत्यु हुनेको संख्या १,४९८ पुगेको छ । देशको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका प्रमुख ओर्हान तातारले भने भूकम्प प्रभावित सबै क्षेत्रमा टोली पुगिसकेको बताउँदै सुदृढीकरण जारी रहेको पनि उनले बताएका छन ।
भूकम्पमा परी कम्तीमा ८,५३३ जना घाइते भएका र दक्षिणपूर्वी टर्कीमा २ हजार ८३४ भवन ध्वस्त भएका छन् भने सिरियामा ७८३ जनाको मृत्यु भएको जनाइएको छ । गृह युद्धले थलिएका सिरियालीहरूका लागि भूकम्पले अर्को विपत्ति निम्त्याइदीएको छ् ।