माघ २८, काठमाण्डौं राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपती कार्यालयमा दिवा भोजको आयोजना गर्नु भएको छ । उक्त्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायतको उपस्थिति रहेको छ ।
राष्ट्रपति भण्डारीको दोश्रो कार्यकाल यही फाल्गुन २८ गते आइतवार समाप्त हुँदैछ । आफ्नो कार्यकाल सकिनु अगावै राष्ट्रपति कार्यालय शीतल निवासमा दिवाभोजको आयोजना गर्नु भएको हो । उक्त भोजमा विभिन्न सांगीतिक कार्यक्रमसमेत प्रदर्शन गरिएको छ । दिवा भोजमा प्रायजसो नवनिर्वाचन सांसदहरुको उपस्थिति रहेको छ । सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्न छलफलमा केन्द्रित भईरहेको समयमा कार्यकाल सकेर बिदा हुने अवस्थामा राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाउनु भएको हो ।