फागुन ४, काठमाडौं - काठमाडौंको बुद्धनगरस्थित नेपाली काङ्रेसका नेता चन्द्र भण्डारीको निवासमा गएराति ग्याँस खाना खाएर सुतिरहेको अवस्थामा सिलिन्डर विस्फोट हुँदा भण्डारी र वहाँकी आमा घाइते हुनुभएको छ। वहाँहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
अस्पताल श्रोतका अनुसार नेता भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको जनाएको छ।
नेता भण्डारीलाई भेट्न कीर्तिपुरस्थित अस्पताल गएराती नै पुग्नुभएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वहाँहरुको अवस्था गम्भीर रहेको र शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सन्जालमा लेख्नु भएको छ्।