शनिबार, श्रावण ३० गते २०८३
images

ललिता निवासको जग्गा खाली गर्न काठमाडौं महानगरले दियो ७ दिनको म्याद


  • 2.0K
    SHARES
  • फाल्गुण ९, २०८० बुधबार

    काठमाडौं - काठमाडौं महानगरपालिकाले वडा नं. ४ वालुवाटारमा रहेको ललिता निवास क्षेत्रमा रहेका ब्याक्ती, संघसंस्था तथा कम्पनीहरुलाई आफै खाली गरिदिन र सार्वजनिक सम्पतिको संरक्षणमा सहयोग गर्न अनुरोध गर्दै सार्वजनिक सुचना जारी गरि ७ दिनको समय दिएको छ। 

    सुचनामा भनिएको छ काठमाडौं महानगरपालिका क्षेत्र भित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रवन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको छ। २०८०/११/३ मा विशेष अदालतको फैसलाबाट जफत भएको सरकारी जग्गा संरक्षण र रेखदेख तथा उचित प्रबन्ध गर्न यो सुचना प्रकाशित गरिएको छ।

    ललिता निवासको १४३ रोपनी जग्गा पुर्व प्रधानमन्त्री, मन्त्री, भुमाफिया र कर्मचारी मिलेर ब्याक्तीको नाममा लगि हिनामिना भएको ठहर सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले१७५ जना बिरुद्ध मुद्धा दायर गरेको थियो। पुर्व प्रधानमन्त्री तथा पुर्व मन्त्री र राजनीतिक नेतालाई सफाई दिएको भन्दै सामाजिक संजालमा व्यापक विरोध भएको थियो। 

    FB_IMG_1708487609065.jpg

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार