भाद्र ६, काठमाण्डौं - गत साउन १० गतेबाट अवरोध हुँदै आएको संसद आज बुधबारबाट सुचारु भएको छ। सुन तस्करी काण्डको उच्च स्तरीय छानविनको माग गर्दै नेकपा एमालेले संसद अवरोध गर्दै आएको थियो। दलहरुबीच छानविनकोलागि आयोग गठन गर्ने सहमती बनेपछी सदन सुचारु भएको हो।
आज प्रतिनिधिसभाको बैठक सुचारु भए लगत्तै उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले प्रतिनिधिसभालाई सुन तस्करी काण्डको छानबिन गर्नको लागि उच्चस्तरीय आयोग बनाउने दलिय सहमतीको जानकारी गराउनु भएको थियो।