बिहीबार , कार्तिक २० गते २०८३
images

महोत्तरी शाखाको एनएमबि बैंक लुट्ने लुटेरा पक्राउ


  • 1.9K
    SHARES
  • श्रावण ११, २०८० बिहीबार

    साउन ११, बर्दिवास - महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं २ मा रहेको एनएमबि बैंक दिनदहाडै लुटपाट गर्ने एक भारतिय नागरिक पक्राउ परेका छन। पक्राउ पर्नेमा भारतको विहार स्थित मधुवनीका २० बर्षिय अजय कुमार साफी रहेका छन ।

    साफीलाई प्रहरीले हिजो साँझ मोतिहारीको मटिहानी नगरपालिकाको ८ नंंम्वर वडाको नेपाल भारतको सिमा नजिकै पक्राउ गरेको जनाएको छ। सो लुट्पाटमा संलग्न अरु व्याक्तिको पनि पहिचान भै सकेकोले चाडै नै उनिहरुलाई पनि पक्राउ गरि सार्वजनिक गर्ने जिल्ला प्रहरीले जनाएको छ । 

    लुटेराहरुले गत जेठ १६ गते एनएमबि बैंकवाट १५ लाख १ हजार ४९३ रुपैयाँ लुटेका थिए। घटना पश्चात् मधेस प्रहरी कार्यालय र महोत्तरी जिल्ला प्रहरी कार्यालयले संयुक्तरुपमा अनुसन्धान गर्दा ५ जनाको पहिचान खुलेको जनाएको छ । प्रहरीका अनुसार उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ अनुसार हतियार तथा चोरी डाँका शिर्षकमा मुद्धा दर्ता गरिने जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार