बैशाख २५, काठमाण्डौ- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले हिजो साँझ सर्वोच्च अदालतमा आफुलाई कुनै पनि बेला गैर कानुनी धडपकड हुनसक्ने भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका छन।
सिरोहियाको नागरिकता किर्ते प्रकरण र दुई नागरिकता बाहिर आएपछी जिल्ला प्रहरी कार्यालय धनुषामा बैशाख १६ गते जाहेरी परेको थियो। सिरोहिया बिरुद्ध नागरिकता किर्तेमा जाहेरी परेको हो। सो सम्बन्धमा धनुषा प्रहरिले अनुसन्धान गरिरहेको।
सिरोहियाले विभिन्न निकायमा बुझाएको नागरिकता नम्बर फरक फरक रहेको र उनको नामको नगरिकता नम्बरमा अर्को ब्याक्तिको नागरिकता नम्बरसंग मिल्न गएकोले धनुषा प्रहरीमा उजुरी परेको थियो।
सिरोहियाले आफ्नो नागरिकतामा कुनै कैफियत नै नभएको तर मेरो बदनाम गर्ने र दु:ख दिने मनसायले छानबिन गरेको भन्दै प्रतिवाद गर्दै आएका छन।