सोमबार, भाद्र १ गते २०८३
images

अवैध सुनसहित  दुई जना पक्राउ

  • 3.3K
    SHARES
  • फाल्गुण १९, २०७५ आइतबार

     काठमाडौं । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित  दुई जनालाई पक्राउ गरेको छ । 

    कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले तामाङलाई रु सात लाख ५१ हजार ९३५ मूल्य बराबरको २४९ ग्राम र रानासँग रु पाँच लाख २६ हजार १८५ मूल्य बराबरको २०९ ग्राम सुनसहित पक्राउ गरेको जानकारी दिएका छन। पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार