मंगलबार, भाद्र २ गते २०८३
images

आवश्यकताअनुसार बाहिरी चक्रपथको नक्सा फेरबदल हुने : सहरी विकासमन्त्री मोहम्मद

  • 4.7K
    SHARES
  • चैत्र १८, २०७५ सोमबार

    काठमाडौँ, चैत १८  /  सरकारले बाहिरी चक्रपथको विद्यमान नक्सा फेरबदल गर्ने तयारी गरेको छ । आवश्यकताअनुसार बाहिरी चक्रपथको नक्सा फेरबदल हुने सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बताए ।

    संसद्को विकास तथा प्रविधि समितिको आइतबार  बैठकमा सांसदहरुले उठाएको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री राईले भने, ‘विगतमा विभिन्न स्वार्थ समूहको चलचेखमा जग्गाको कित्ताकाट गरिएकाले अहिलेकै अवस्थामा बाहिरी चक्रपथलाई अघि बढाउन कठिन हुन्छ ।’

    मन्त्री राईले घना बस्ती र टुक्रा जग्गा भएको स्थानबाट बाहिरी चक्रपथ परियोजना अघि बढाइए राज्यको आर्थिक स्रोतले थेग्न नसक्ने दाबीसमेत गरे ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार