बुधबार, कार्तिक १९ गते २०८३
images

हर्क साम्पाङले पूरा गर्दै चुनावी प्रतिबद्धता


  • 2.5K
    SHARES
  • जेठ ३१, २०८० बुधबार

    जेष्ठ ३१, काठमाण्डौं, गत जेष्ठ महिनामा भएको चुनावी सरगर्मीमा आफ्नो पहिलो लक्ष्य धरानमा पानी ल्याएर धरानवासीलाई खुवाउने एक सुत्रीय एजेन्डा बनाएर धरान उपमहानगरको प्रमुखमा स्वतन्त्र उमेदवार जित हासिल गरेका साम्पाङले हिजो धरानमा पानी ल्याएर आफ्नो प्रतिबद्धता पूरा गरेका छन।

    स्थानिय चुनावमा बिजय हासिल गरेसँगै धरानमा कहाँकहाँबाट पानी ल्याउन सकिन्छ भनेर भौतारिएका हर्क विष्णुपादुका स्थित कोकाहा खोला पुगेका थिए। धरानवाट करिव ४० किलोमीटर टाढाबाट भिरपाखा छिचोल्दै ५ ईन्चको पाईप बिछ्याएर पानी ल्याउनु सहज नभएतापनी हर्क साम्पाङलाई धरानबासीको सहयोग, श्रमदान, विदेशमा रहेकाहरुवाट गरेको आर्थिक सहयोगले वहाँको दृढतामा सफलता हात परेको हो।

    वहाँले गत फाल्गुन २३ गतेबाट यो कोकाहाको पानी धरान झर्ने अभियान शुरु गर्नु भएको थियो। करिव ९८ औ दिनमा हिजो राती धरानमा पानी झारेपछी भावुकहुदै खुशीले हर्शका आँसु वहाँको आँखाबाट झरेका थिए। वहाँको अथक प्रयासले धरानका करिव ३० हजार उपभोक्ता लाभान्वित हुनेछन। धरानसम्म पानी ल्याउन करिव ४ करोड रुपैयाँ खर्छ भएको छ। धरानमा दैनिक करिव ३ करोड लिटर पानीको माग रहेको छ। 

    मेयर साम्पाङले कोकाहाको पानी धरानसम्म ल्याउन सहयोग गर्ने श्रमदाता, संघसंस्था, स्वदेशी तथा विदेशीदाता, स्थानिय सबैलाइ धन्यवाद दिदै आभार ब्यक्त गर्नुभएको छ। मेयर साम्पाङको यो कार्यले गर्न खोजे ईच्छाशक्ति भए जे पनि गर्न सकिन्छ भन्ने प्रमाणित मात्र गराएको छैन केन्द्रमा बस्ने शासकहरुमा ईच्छा शक्ति नै नभएको समेत देखाएको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार