शनिबार, श्रावण ३० गते २०८३
images

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल आजवाट दैनिक १० घण्टा बन्द


  • 2.1K
    SHARES
  • कार्तिक २३, २०८१ शुक्रबार

    काठमाडौं - काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आज देखि चैत्र महिनासम्मका लागि दैनिक १० घण्टा बन्द गर्न लागिएको जनाईएको छ। विमानस्थलको धावनमार्ग बढोत्तरी, ट्याक्सी र पार्किङ्ग वे को मर्मत तथा संम्भार गर्नु पर्ने भएकाले आजैवाट बन्द गर्न लागिएको नागरिक उड्डयन कार्यलयले जनाएको छ। 

    कार्यालयले जनाए अनुसार विमानस्थलको कार्य क्षमता बृद्धिकालागी आजबाट चैत्र १८ गतेसम्म राती १० बजेदेखि बिहान ८ बजे सम्म हवाई सेवा पुर्णरुपमा बन्द हुने छ। 

    हिजोसम्म विमानस्थल विहान ६ बजेदेखी रातिको २ बजेसम्म संचालन हुँदै आएको थियो। विमान उडान र अवतरणमा व्यापक कटौती भएपछी हवाई भाडा आकासिएको छ भने सम्बन्धि निकाय मौन देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार