बिहीबार , कार्तिक २० गते २०८३
images

उच्च जोखिम अवस्थामै मुग्लिन नारायणगढ सडक सञ्चालन

  • 1.8K
    SHARES
  • आषाढ १८, २०८० सोमबार

    मुग्लिन नारायणगढ सडकखण्ड आजबाट पुन: संचालनमा आएको छ। बर्षायाम सुरु भएसँङै बारम्बार अवरुद्ध हुने गरेको सडक आज दुईतर्फी रुपमा नै संचालनमा आएको हो। Mugling-Narayanghat-road.jpg

    आज बिहान अन्दाजी २ बजे ३ नम्बरको पुल नजिकै पहिरो खसे पछि पुन: सडक अवरुद्ध भएको थियो। सुरक्षाकर्मीसहितको टोलीले पहिरो हटाएपछी सडक दुबै तर्फ संचालन भएको हो। गत शनिवार राति पहिरो खसेर बन्द भएको सडक आइतबार साँझ मात्र खुलेको थियो।

    करिव १० हजार सवारी गुड्ने सडक पहिरोले अवरुद्ध हुने र संचालन गराउने क्रममा उच्च जोखिम बहन गर्नुपर्ने देखिन्छ। कुनबेला कहाँ पहिरो खस्ने हो र मानवीय दुर्घटना हुने हो त्यसको लेखाजोखा गर्नसक्ने अवस्था नै छैन। नत सरकारको कुनै दीर्घकालीन रोकथामको योजना नै छ। मानविय क्षती हुन नदिन पहिरोको जोखिम हुने ठाउँमा सुचना दिने साइरन जडान गर्नुपर्ने पनि देखिन्छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार