बुधबार, भाद्र ३ गते २०८३
images

सुन भनेर फलाम बेच्ने पक्राउ

  • 3.7K
    SHARES
  • बैशाख ३, २०७६ मंगलबार

    काठमाडौं । सुन भनेर फलाम बेच्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वरका ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रेको चौरी देउराली गाउँपालिकाका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठ रहेका छन् ।

    उनीहरुले काठमाडौँका राजेश विकलाई आधा किलो सुन सस्तोमा दिने भन्दै १९ लाख नगद बुझेका थिए । सुनको गहना राख्ने रातो प्याकेट घर गई खोल्दा फलाम देखेपछि विकले ठगिएको भन्दै उजुरी गरेका थिए ।

    विकको उजुरीको आधारमा चारैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार