मंगलबार, भाद्र २ गते २०८३
images

५० किलो गाँजा सहित २ जना पक्राउ

  • 3.6K
    SHARES
  • बैशाख ४, २०७६ बुधबार

    काठमाडौं । काठमाडौं महानगरपालिका-२ लाजिम्पाट सुवर्णशम्शेर मार्गबाट अवैध लागूऔषध गाँजा ५० किलो सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बस्ने सिन्धुली मरिण गाउँपालिका-४ का ३९ वर्षीय देवकुमार घिसिङ र सोही ठाउँ बस्ने सिन्धुली कमलामाई नगरपालिका-२ का ३० वर्षीय पदमबहादुर श्रेष्ठ रहेका छन् ।

    उक्त स्थानमा अवैध लागूऔषध गाँजा ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घिसिङ र श्रेष्ठको साथबाट करिब २५र२५ किलो गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार