हाम्रो अनुहारमा रहको चमकता उमेर अनुसार नै परिवरत्न हुँदै जान्छ । हरेक मानिसको अनुहारको चमकता हराउँदै जान्छ । प्रत्येक मानिसले आफ्नो अनुहारलाई सुन्दर राखिरहनका लागि उसले निकै ध्यान दिनुपर्छ । अनुहारको सुन्दरता बचाउनका लागी आफैले नै विचार पुर्याउनुपर्छ। कुन बेला के गर्ने भनेर पनि धेरैले ध्यान दिदैनन् । हामीले यस्ता केहि उपायहरु बताएका छौ जसले तपाइको नुहारको चमकतालाइ कायम राख्न मद्दत गर्छ ।
अनुहारको चमकतालाइ कायम राख्न यसो गर्नुहोस्
– ‘एन्टि रिँकल क्रिम’को दैनिक रुपमा प्रयोग गर्नुपर्छ ।
– दैनिक रुपमा मुहारको ‘क्लिन्जिङ’ गर्नुपर्छ ।
– समयमा सुत्ने, बिहान सबेरै उठ्ने, बिहान नियमित व्यायाम गर्ने, सकरात्मक सोच राख्ने, खेलकुद, मनोरञ्जनमा नियमित सहभागी हुने जस्ता कार्यले पनि सुन्दरतालाई लामो समयसम्म जोगाउनुका साथै बुढ्यौली टाढा भगाउँछ ।
– मुहारलाई सुन्दर राखिरहन घरमै पनि ‘फेसप्याक’ बनाएर नियमित प्रयोग गर्दा यसले मुहारको सुन्दरता कायम राख्छ ।
– मुहारलाई सुन्दर राख्न र चाँडै बुढयौली आउन नदिन चिन्ता र तनाव मुक्त हुनु पर्छ ।
– डर, अनिन्द्रा, कब्जियतबाट टाढा रहनु पर्छ ।
– उमेर ढल्किन थालेपछि सातामा एक पटक मुहारको मालिस गराउने । मालिसले छालालाई चाउरिनबाट केही मात्रामा भए पनि जोगाउँछ । मालिस गर्दा साह्रै चाँडो र ढिलो भन्दा ठिक्कसँग गर्नुपर्छ ।
– खानामा प्रसस्त भिटामिन, खनिज पदार्थ, दुधबाट बनेका तत्वहरु, ताजा फलफुल, हरियो सागपात, गेडागुडी, माछा, मासु, जस्ता पौष्टिक तत्व खाने गर्नुपर्छ ।
– अत्याधिक चिया, कफी सेवन, रक्सी, चुरोटको सेवनले पनि सुन्दरतामा ह्रास ल्याउँछ ।
– घरबाट बाहिर निक्लनु अघि ‘सन ब्लक क्रिम’को प्रयोग गर्दा पनि घामबाट छाला जोगिन्छ ।