आइतबार, श्रावण ३१ गते २०८३
images

देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको छः कमल थापा

  • 5.8K
    SHARES
  • माघ २०, २०७५ आइतबार

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अपरिपक्व र असन्तुलित परराष्ट्र नीति लिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। पूर्व परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले सरकारको अपरिपक्व परराष्ट्र नीतिका कारण मुलुक बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुने खतरा पनि औंल्याए।

    आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले भेनेजुयलाको घटनाक्रमबारे नेपालको वक्तव्यले पनि सरकारले लिएको परराष्ट्र नीति असन्तुलित र अपरिपक्व भएको पुष्टि भएको दावी पनि गरे। अध्यक्ष थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको दाबी पनि गरे। लुटतन्त्रलाई संरक्षण गर्ने काम सरकारबाटै भईरहेको अध्यक्ष थापाको आरोप छ।

    दुई दिनसम्म चल्ने पार्टी केन्द्रिय कार्य समितिको बैठकले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको भावी कार्य दिशा तय गर्नेछ। राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई एकतावद्ध बनाई राख्न पनि हिन्दु धर्म र संवैधानिक राजसंस्था पुनस्र्थापना गर्नुको विकल्प नरहेको तर्क गर्दैै आएको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार