शनिबार, श्रावण ३० गते २०८३
images

बाजुरामा फेरि हिमपात, उत्तरी क्षेत्रबाट मार्तडी पुग्ने यातायात अवरुद्ध

  • 6.1K
    SHARES
  • माघ २४, २०७५ बिहीबार

    बाजुरा । हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेको छ। बुधबार दिउँसोदेखि जिल्लाका उच्च लेकाली भेगमा सुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ ।  

    हिमपातकै कारण पोरखे लेक पुग्ने बाटो पुनः अवरुद्ध हुँदा जिल्लाको उत्तरी क्षेत्रबाट मार्तडी पुग्ने यातायात रोकिएको यातायात व्यवसायी बाबा गुरुङले बताए।

    बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले सडक ढाकिएको छ।  बाजुरामा एकसाता अघि हिमपात रोकिएर घाम लाग्न थालिसकेको थियो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार