आइतबार, श्रावण ३१ गते २०८३
images

प्रतिनिधीसभाको बैठक बस्दै, सांसदको प्रश्नमा ४ मन्त्रीले जवाफ दिने

  • 5.5K
    SHARES
  • माघ २३, २०७५ बुधबार

    काठमाडौं । प्रतिनिधीसभाको बैठक आज बस्दैछ । आज सांसदहरुले उठाएका विभिन्न जिज्ञासामा मन्त्रीहरुले जवाफ दिनेछन् । गृहमन्त्री रामबहादुर थापा मुलुकको शान्तिसुरक्षाको स्थितिबारे सांसदका प्रश्नको जवाफ दिन प्रतिनिधिसभा बैठकमा उपस्थित हुँने भएका छन् । संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र अर्थमन्त्रीलाई सांसदले मौखिक प्रश्न सोध्न सक्नेछन् ।

    मन्त्रीहरूले रोस्ट्रममै गएर तिनको जवाफ दिनुपर्छ । सचिवालयका अनुसार ४ मन्त्रीलाई सोधिने प्रश्न सांसदले यसअघि नै दर्ता गराइसकेका छन् । प्रतिनिधिसभा नियमावलीमै मन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था गरिएको छ ।

    नियमावलीमा सम्बद्ध विषयका पूरक प्रश्न पनि सोध्न पाउने व्यवस्था छ । सचिवालयका अनुसार सांसदले ८८ मौखिक प्रश्न दर्ता गरेका छन् । तीमध्ये ४३ को जवाफ मन्त्रालयले सचिवालयमा पठाइसकेका छन् । बैठक दिउँसो १ बजे बस्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार