काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ हजार घुस लिँदा लिँदै दुईजना कर्मचारीलाई इलामबाट पक्राउ गरेको छ । आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले हराएको पासपोर्ट लिन आउने सेवाग्राहीसँग ६ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार जिल्ला प्रशासन कार्यालय इलामका नायव सुब्बा विनोद विसी र युवा स्वरोजगार कार्यक्रमका स्वयमसेवक भानुभक्त आचार्यलाई पक्राउ गरिएको छ । विसीको निर्देशनमा आचार्यले घुस लिइरहको अवस्थामा पक्राउ गरिएको हो ।