बुधबार, भाद्र ३ गते २०८३
images

६ लाख चोरेर भाग्दाभाग्दै युवक पक्राउ

  • 3.2K
    SHARES
  • बैशाख १८, २०७६ बुधबार

    काठमाडौं । प्रहरीले काठमाडौंको अनामनगरमा रकम चोरेर भागेका युवकलाई पक्राउ गरेको छ । सगरमाथा पलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयबाट ६ लाख चोरेर झ्याल फुटाएर भागेका २३ वर्षका किर्तन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    लालबहादुर राईको घरको पहिलो तलामा रहेको कार्यालयको ढोका फुटाई दराजको सेफभित्र राखेको ६ लाख रुपैयाँ झिकेर भागेका उनलाई स्थानीय वासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

    धरान उपमहानगरपालिका घर भई अनामनगर नै बस्दै आएका राई यसअघि पनि पटक पटक चोरीको सामानसहित पक्राउ परी कारबाही भोगेका व्यक्ति हुन् । ल्यापटप चोरी गरेको मुद्दामा २ वर्ष जेल बसेर छुटेका उनी छुटेको एक महिनामै फेरि पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन ।

    उनीमाथि महानगरीय प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान सुरु गरेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार