बुधबार, भाद्र ३ गते २०८३
images

१ किलो सुनसहित युवक पक्राउ

  • 3.7K
    SHARES
  • बैशाख २०, २०७६ शुक्रबार

    काठमाडौं । १ किलो सुनसहित रौतहटमा एक युवक पक्राउ परेका छन् । शुक्रबार विहान साढे ५ बजे रौतहटको गौर नगरपालिका ४ बसपार्कबाट प्रहरीले सुनसहित २१ वर्षका अनुकेशकुमार साहलाई पक्राउ गरेको हो ।

    लु ४ प ५८०३ नम्बरको मोटरसाइकलमा रहेका उनलाई प्रहरी निरीक्षक पपु नायक नेतृत्वको टोलीले चेकजाँच गर्दा ४ टुक्रा सुन भेटेको हो । साहबाट बरामद पहेँलो धातु सुनचाँदी व्यवसायी संघ गरुडामा परीक्षण गर्दा सुन भएको पुष्टि भएको प्रहरीको भनाइ छ ।

    साहलाई राजस्व छली कारबाहीको लागि बाराको पथलैयास्थित राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पठाउने प्रहरीले जानकारी दिएको छ ।


     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार