आज बेलुका साँझ ७ बजेतिर पुल्चोकको एक गल्लीमा युवतीको विषयलाई लिएर झगडा हुँदा एक जनाको मृत्यु भएको छ । झगडामा ललितपुरका २० वर्षीय अञ्चल शाक्यको मृत्यु भएको हो ।
विवाद बढ्दै गएपछि अञ्चलको छातीमा छुरा प्रहार हुँदा लागेको थियो । ६-७ जनाको समूहमा रहेका दुई पक्षबीच झगडा भएको थियो । घटनामा संलग्न ६ जना पक्राउ परिसकेको प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्रसिंह धानुकले जानकारी दिएका छन् ।