सोमबार, भाद्र १ गते २०८३
images

लागूऔषध खैरो हेरोइनसहित २ जना भारतीय नागरिक पक्राउ

  • 3.3K
    SHARES
  • बैशाख २७, २०७६ शुक्रबार

    विराटनगर । मोरङको धनपालथान गाउँपालिका-३ बेतौनीबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    गएराति पौने १२ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको डिएल ७ सिएम ०१७६ नम्बरको स्कारपियो गाडीबाट १ सय २५ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको हो। गाडी चालक भारत कुसाकट्टा१५ पडरिया बस्ने वर्ष २८ का सन्तोष मण्डल र गाडीमा सवार वर्ष २४ को कमरूल खाँनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र अस्थायी प्रहरी चौकी बेतौनीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

    बरामद लागुऔषध र गाडीलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार