मंगलबार, भाद्र २ गते २०८३
images

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका खुंखार डाँका’ काले पक्राउ

  • 3.2K
    SHARES
  • जेठ ६, २०७६ सोमबार

    काठमाडौं । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर काले भनिने विष्णु तामाङलाई पक्राउ गरेको छ । तामाङ प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए ।

    दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको बीर अस्पतालमा उपचार भइरहेको छ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले तामाङको दायाँ घुँडामा गोली लागेको जानकारी दिएका छन ।

    थापाका अनुसार ६ वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थियो । यसैक्रममा टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रन सोमबार बिहान ८ बजे गएको थियो ।

    ‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए । त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो,’ थापाले भने ।

    सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए । यही कारण उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजाय भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई ‘खुंखार डाँका’ भन्ने गरेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार