बुधबार, भाद्र ३ गते २०८३
images

सिसौघारीमा भेटियो महिलाको शव, हत्याको आशंका

  • 5.1K
    SHARES
  • जेठ १२, २०७६ आइतबार

    काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव भेटिएको छ।

    धनकौल गाउँपालिका–४ स्थित मैनाथपुरमा पहिचान नखुलेको करीब २५ वर्षीया विवाहित महिलाको हत्या गरी फालिएको अवस्थामा आइतबार शव फेला परेको हो। मैनाथपुर बागमती बाँधदेखि पश्चिम सिसौघारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    रातो रङको साडी, खैरो रङको चोलो लगाएकी ती महिलाको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

    शव अहिले सर्लाही अस्पताल मलंगवाको शवगृहमा राखिएको र घटना बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रदीपसिंह राठोरले जानकारी दिएका छन। 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार