मंगलबार, भाद्र २ गते २०८३
images

माछापुच्छ्रे बैंकको थप २ शाखा रहित बैंंकिङ्ग सेवा, शाखा रहित बैंंकिङ्ग १०० पुग्यो

  • 4.6K
    SHARES
  • जेठ १३, २०७६ सोमबार

    माछापुच्छ्रे बैंक लिमिटेडले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखा रहित बैंंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडा र अमरगढी नगरपालिका–७ स्थित पोखरामा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

    यो सहित माछापुच्छ्रे बैंकको हालसम्म १०० शाखा रहित बैंंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको  रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

    बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १०१ वटा शाखाहरु लगायत १०० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २०१ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२२ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।  

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार