काठमाडौं । भारतका विवादास्पद तथा शक्तिशाली धर्मगुरु गुरमित रामरहिम सिंहले एक जना पत्रकारको हत्या गरेको ठहर भएको छ । आफुले गरेको यौनहिंसाका बारेमा समाचार लेखेकाले सिंहले स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीको हत्या गरेको अदालतले ठहर गरेको हो ।
संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २० वर्षको जेल सजाय सुनाइसकेको थियो । अदालतले हिजो गरेको फैसला अनुसार पत्रकारको हत्यामा ५१ वर्षका सिंहसँगै अरु तीन जना सहयोगी पनि संलग्न रहेको ठहर गरेको छ ।
सिंहले बलात्कार गरेको विषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि सन् २००२ मा छत्रपाटीको आफ्नै घर बाहिर हत्या भएको थियो ।