बुधबार, भाद्र ३ गते २०८३
images

लागु पदार्थ खैरो हेरोइनसहित तीन जना पक्राउ

  • 3.8K
    SHARES
  • जेठ २०, २०७६ सोमबार

    काठमाडौं । प्रहरीले ठुलो परिमाणको लागु पदार्थ खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

    आइतबार राति नेपालगञ्जबाट दाङ आउँदै गरेको हाइलेक्स गाडी लमही नगरपालिकास्थित अमिलिया चोकमा चेकजाँच गर्दा प्रहरीले १८० ग्राम खैरो हेरोइन फेला पारेको हो।

    लागु पदार्थ ओसार पसारमा संलग्न गाडी चालक विरेन्द्रनगर सुर्खेतका ३६ वर्षीय लक्ष्मण सापकोटा, नेपालगञ्ज उपमहानगरपालिका–१५ का ३२ वर्षीय गुड्डु कवडिया र २४ वर्षीया रुक्सार कवडियालाई प्रहरीले पक्राउ गरेको छ।

    उनीहरुको साथबाट नगद सात हजार रुपैयाँ र तीनवटा मोबाइल बरामद गर्नुका साथै प्रहरीले लागु पदार्थ ओसार पसार गर्न प्रयोग गरिएको बा १९ च ८८३३ नम्बरको गाडी नियन्त्रणमा लिएको छ।

    बरामद गरिएको लागु औषध खैरो हिरोइन जिल्लामै अहिलेसम्मको ठुलो परिमाण भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुई पुरुष र एक महिला तीनै जनामाथि लागु औषध नियन्त्रण ऐन (२०३३) बमोजिम अनुसन्धान अघि बढाइएको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार