मंगलबार, भाद्र २ गते २०८३
images

छोरीमाथि बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ

  • 3.8K
    SHARES
  • जेठ २८, २०७६ मंगलबार

    काठमाडौं । छोरीमाथि बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् ।

    पीडितको परिचय खुल्ने भएकाले आरोपितको नाम पनि प्रहरीले गोप्य राखेको छ ।

    ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।

    ललितपुर प्रहरी परिसर, जावलाखेलको मुद्दा शाखाका एक अधिकृतका अनुसार उनले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै शारीरिक सम्बन्धका लागि बाध्य पार्थें । घटनाबारे आमालाई समेत जानकारी थियो ।

    तर, परिवारकै बेइज्जती हुने डरले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटकपटक सम्झाउँदा पनि नसुध्रिएपछि बाध्य भएर जोहरी दिएको पीडितको भनाइ छ ।

    पीडित किशोरी कक्षा १२ मा अध्ययनरत् छिन् । पक्राउ परेका उपसचिवविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार