पोखरा । पोखरामा लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर घाइते भएका गोविन्द थापालाई अस्पताल लगिएको छ ।
उनको खुट्टामा गोली लागेको छ । प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै आक्रमण गर्न खोजेपछि बल प्रयोग गर्नुपरेको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन ।
उनले पक्राउ परेका थापाको आक्रमणबाट एक जना प्रहरी पनि सामान्य घाइते भएको बताएका छन ।
पक्राउ परेका थापाले यसअघि लागु औषध ओसार पसार गरेको मुद्दामा कतारमा सन २०१४ देखि १८ सम्म कारावासको सजाय भुक्तान गरेका थिए । उनको साथबाट कम्तिमा १५ सय सेट लागु औषध बरामद भएको छ ।