मंगलबार, भाद्र २ गते २०८३
images

१ लाख घुससहित गाउँपालिकाका इञ्जिनियर रंगेहात पक्राउ

  • 3.4K
    SHARES
  • जेठ ३०, २०७६ बिहीबार

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले घुससहित गाउँपालिकाका इञ्जिनियरलाई रंगेहात पक्राउ गरेको छ ।

    सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई अख्तियारको टोलीले घुससहित बिहीबार बिहान पक्रेको हो ।

    आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरेको आयोगको इटहरी कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिएका छन ।

    कुन ठाउँको झोलुङ्गेपुल रहेको भने खुलाइएको छैन । उक्त टोलीले झोलुङ्गेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुससहित गाउँपालिकाका इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार