मंगलबार, भाद्र २ गते २०८३
images

ककनीमा घरमाथि ट्रिपर खस्यो, एक महिलाको मृत्यु दुई घाइते

  • 3.5K
    SHARES
  • जेठ ३०, २०७६ बिहीबार

    नुवाकोट जिल्ला ककनी गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ककनी गाउँपालिका –७ स्थित निगालेमा बुधबार राति ११ बजे बा२क ६३६३ नम्बरको ट्रिपर सडकबाट खसेको थियो ।

    ट्रिपर घरमा खसेरपछि सुतिरहेकी ६० वर्षीया माइली तामाङको घटना स्थलमा नै मृत्यु भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरका अनुसार ट्रिपरका चालक अमिल लामा र सहचालक जीवन लामा गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

    दुर्घटनापछि स्थानीयले काठमाडौं–त्रिशुली पासाङल्हामु मार्ग अबरूद्ध गरेर आन्दोलन गरिरहेका छन् । प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा मृतक तथा घाइतेका परिवारलाई ट्रिपर मालिकबाट क्षतिपूर्ति भराउने सहमति भएपछि अहिले राजमार्ग सञ्चालनमा आएको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिएका छन् । उनले पीडितको परिवारलाई १५ लाख रूपैँया क्षतिपूर्ति दिने सहमति भएको बताएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार