मंगलबार, भाद्र २ गते २०८३
images

५ वर्षीया बालिका बलात्कृत, किशोर पक्राउ

  • 3.1K
    SHARES
  • जेठ ३१, २०७६ शुक्रबार

    सप्तरी । पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले सप्तरीबाट एक १३ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

    मामाघरमा बस्दै आएका बालकले ललाइफकाइ बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको उजुरीका आधारमा किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लगेकी थिइन । चिकित्सकले बालिकाको स्वास्थ्य परीक्षण गरेपछि बालिका बलात्कृत भएको तथ्य खुलेको हो ।

    चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गराएको बताएका छन ।

    बलात्कृत बालिकाको परिवारले किशोरविरुद्ध उजुरी गरेका छन् । उजुरीपछि किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिएका छन ।

    मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को उपदफा २ को (ग) अनुसार अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने भएकाले जबर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार